पृष्ठभूमि
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । यहाँ विभिन्न जातजातिहरुको मिश्रित समुदायको बसोबास गरेको रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनका अनुसार नेपालमा १४२ जातजति र १२४ वटा मातृभाषा रहेको देखाएको छ । भाषा भनेको व्यक्ति, समुदाय बीच बोलीचाली, एक आपसमा सञ्चार गर्ने माध्यम मात्र होइन । उसको त्यो भाषामा सम्बन्धित समुदायको सभ्यता, ज्ञान, दर्शन, मूल्य, मान्यता, संस्कार संस्कृति पनि भाषाले बोकेको हुन्छ । त्यसैले कुनै पनि समुदायको भाषा समात्त हुनु भनेको त्यो समुदायको सभ्यतासँगै मानव नै लोप हुनु हो । त्यसैले गर्दा तमू समुदायमा एउटा भनाई निकै प्रचलित छ – “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु ल्हु म्हस्याँ म्हि म्हमु (शास्त्र हराए, संस्कृति हराउँछ, सँस्कृति हराए, परम्परा हराउँछ, पराम्परा हराए, मानिस हराउँछ, पहिचान हराउँछ )।” त्यसैले गर्दा मातृभाषाको संरक्षण तथा प्रवद्र्धन समबन्धित समुदायको मात्र भूमिका, जिम्मेवारी मात्र नभएर नेपाल सरकारको पनि दायित्व हो ।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक अन्र्गत धारा ३१ (५) नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ । भनी प्रत्याभूत गरेको छ भने संविधानको अनुसूची ६ को प्रदेशको अधिकार सूचीमा भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग र संविधानको अनुसूची ८ स्थानीय अधिकारको सूचीमा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्ने भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यन्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने, मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन गर्ने भनी वैधानिक व्यवस्था गरेको छ (स्थानीय सरकार सञ्चालन ऐन, २०७४)। प्रारम्भिक तहका कक्षाहरुमा मातृभाषामा हुने शिक्षणले मातृभाषिक संरचना (ध्वनि, वर्ण, शब्दभण्डार, वाक्य संरचना र वोध) ले गर्दा सिकाइ सहज हुने, विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्ने हुँदा मातृभाषाका माध्यमबाट पठनपाठन गर्न उपयुक्त हुने कुरा राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले अङ्गीकार गरेको छ । त्यस्तै राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ले पाठ्यक्रमले समावेशी सिद्धान्त अनुरुप भाषिक कारणले विद्यालय नआएका बालबालिकाहरुलाई मातृभाषामा शिक्षा प्रदान गर्ने गरी मातृभाषी बालबालिकाहरुको विद्यालयमा पहुँच बढाउदै लैजानुपर्ने कुरा औंल्याएको छ । यसरी संविधानत, विधानत र सरकारको विभिन्न शिक्षा नीतिले माृभाषामा पठनपाठनलाई महत्वपूर्ण शिक्षणको रुपमा अँगालेको कारणले गर्दा विद्यालय तहमा मातृभाषाको र मातृभाषामा शिक्षण गर्नु पर्ने देखिन्छ । विद्यार्थीको मातृभाषामा पढाइयो भने ज्ञान उसको दिमागसम्म पुग्छ भने ज्ञान उनीहरुको हृदयसम्म पुग्छ ।
राष्ट्रिय शिक्षा नीति, २०७६ ले पनि बालबालिकालाई मातृभाषामा पठनपाठन गर्नुपर्ने नीति र औंल्याएको छ । जस अनुसार नेपालको शिक्षा प्रणालीले हासिल गरेको उपलब्धि बाबजुद पनि प्रारम्भिक बालविकास कार्यक्रममा प्रभावकारीता नहुनु, बालविकास शिक्षकहरुको क्षमता र सुविधा न्युन हुनु, आधारभूत विद्यालय उमेर समुहका सबै बालबालिकाहरु अभैm विद्यालयमा भर्ना भै नसक्नु, विद्यालय भर्ना मध्ये सबै विद्यार्थी अध्ययनमा निरन्तर नहुनु (राष्ट्रिय शिक्षा नीति, २०७६, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) जस्ता समस्या पहिचान गरेको छ । जुन राष्ट्रिय शिक्षा नीति, २०७६ मा बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित प्रारम्भिक बालविकास तथा शिक्षालाई गुण्स्तरीय र प्रभावकारी बनाउने उद्देश्य राखेको छ भने उद्देश्य प्राप्त गर्न मातृभाषासँग सम्बन्धित नीतिहरु निम्न छन् ।
१. नेपाल भाषिक विविधता, बालबालिकाको रुचि र आवश्यकता अनुसार मातृभाषाको अतिरिक्त मातृभाषामा आधारित बहुभाषिक शिक्षा, नेपाली र अंग्रेजी भाषालाई शिक्षणको माध्यम भाषाको रुपमा व्यवस्थापन गर्ने ।
२. मातृभाषाका पाठ्यसामग्री, शिक्षण सामग्री तथा अन्य सामग्रीहरु(विद्युतीय सामग्रीहरु समेत) तयार गर्न प्रादेशिक तथा स्थानीय सरोकारवाला तथा विज्ञहरु परिचालन गरी निर्माण, छपाइ, वितरण, अनुगमन तथा मूल्याङ्कन गर्ने ।
३. स्थानीय तहद्वारा आफ्नो स्थानको मातृभाषा, लिपि, साहित्य एवं संस्कृति संरक्षण, विकास गरी सो भाषाको पठनपाठन गर्न व्यवस्था मिलाउने ।
४. बहुभाषी कक्षाकोठामा मातृभाषामा अधारित बहुभाषी शिक्षण पद्धतिलाई प्रोत्साहन गर्ने ।
५. मातृभाषाको संरक्षण र सम्बद्र्धन गर्न विद्यालयस्तरीय पाठ्यक्रम तथा पाठ्यसामग्रीमा मातृभाषालाई उचित स्थान दिइने ।
६. नेपालका मातृभाषामा सञ्चार सामग्री वा श्रव्य दृश्य सामग्री वा शैक्षिक सामग्री विकास गर्न संघ, प्रदेश र स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइने ।
मातृभाषा र सिकाइ सम्बन्ध
कुनै पनि बालबालिकाको पहिलो पाठशाला भनेको नै परिवार हो । त्यही परिवारमा सर्वप्रथम बालबालिकाले मातृभाषाका सञ्चार गरेको हुन्छ, शब्द बोलेको हुन्छ, वाक्य बोलेको हुन्छ । यसरी आफ्नो मातृभाषामा कुराकानी गर्दा बच्चाहरुको भाषिक विकाससँगै अभिभावकको त्यस सिकाइ प्रक्रियामा सहभागीता रहन्छ । जब बालबालिका विद्यालयमा भर्ना भएर पढ्न थाल्छन्, तब मातृभाषी बालबालिकाहरुको दोस्रो भाषासँग भेट साक्षत्कार हुन्छ, तब सिकाइ उपलब्धि पनि अवरोध हुन थाल्छ । नेपाल आफैमा बहुभाषिक तथा बहुसांस्कृतिक युक्त मुलुक भएपछि नेपालको हरेक क्षेत्र पनि बहुभाषिक तथा बहुुसांस्कृतिक नै हुने नै भयो । जसमा शैक्षिक क्षेत्र पनि अछुतो हुने कुरै भएन । त्यसैले पनि नेपालको विद्यालय पनि बहुभाषिक तथा बहुसांस्कृतिक विद्यालय हो । मानिसको व्यक्तित्वको निर्माणमा धेरै पक्षको प्रभाव भए जस्तो उसको संस्कृतिले पनि निर्धारण गरेको हुन्छ, त्यही अनुरुप नै बालबालिकाको घरपरिवार र संस्कृतिको प्रभावले बालबालिकाको मनोविज्ञान, सिकाई क्षमता, सञ्चार कला, बुझाई र सीपहरु पनि विविधता हुने गर्दछ, त्यसैले विविधतायुक्त कक्षाकोठामा मातृभाषामा शिक्षण गर्ने हो भने सिकाई उललब्धि प्रभावकारी हुनेछ । यदि यो विधि अपनाइएन भने निश्चय पनि त्यस खालको फरक बातावरणको कारण उसको सिकाई उपलब्धिमा प्रभाव पार्ने नै देखिन्छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा जम्मा १२४ वटा मातृभाषााहरु पाइएको छ । जसमा नेपाल सरकारको कामकाजको भाषा नेपाली पनि यस मातृभाषामा समेटिएको छ । मातृभाषा भनेको बालिबालिकाले आफ्नो घरमा बोल्ने पहिलो भाषा नै मातृभाषा हो । जुन भाषा मानिस जन्मेपछि प्राप्त गर्दछ । कुनै कुनै समुदायको लागि भने नेपाली भाषा नै मातृभाषा हो । बालबालिकाले घरपरिवारमा आफ्नो बाबुआमासँग आफ्नै भाषामा कुराकानी गरेका हुन्छन् । त्यसरी कुराकानीका क्रममा बालबालिकाहरुले आफ्नै मातृभाषामा सोच्ने, बोल्ने, शब्द निर्माण, वाक्य निर्माण, सुन्ने र बोध गर्ने जस्ता कार्यहरु गर्दछन् भने विद्यालय जान थालेपछि भने दोस्रो भाषा (नेपाली मातृभाषाबाहेक) नेपालीसँग साक्षत्कार हुने गर्दछ । घर र विद्यालयको फरक भाषिक परिवेशको कारण ती मातृभाषी बालबालिकाहरुमा भने सिकाइमा केही कठिनाइ हुने गर्दछ, जस कारण सिकाइ उपलब्धिमा न्युन गर्दछ भने मातृभाषी विद्यार्थीहरुको कक्षा छोड्ने दर बढ्ने सम्भावना हुन्छ । जुन विगतमा पनि भएको थियो । फलस्वरुप शिक्षाका नयाँ नीति, रणनीतिहरुमा बालबालिकाहरुलाई मातृभाषामा पढाउने नीति लिएको छ । त्यसैले मातृभाषा र विद्यार्थीको सिकाइ उलपब्धिबीच हुने सम्बन्धका बारेमा विभिन्न अध्ययनहरुले देखाएको छ ।
अध्येता डा.शर्वाज आचार्य (२०६९) ले मातृभाषावत् नेपाली भाषा पढी कक्षा ५ को अध्ययन पूरा गरेका विद्यार्थीहरुमा प्राथमिक विद्यालयमा नेपाली मातृभाषी विद्यार्थीहरुको नेपाली भाषा सिकाइ उपलब्धि पत्ता लगाउने, प्राथमिक विद्यालयका नेपालीइतर मातृभाषी विद्यार्थीबीच नेपाली भाषा सिकाइ उपलब्धिको तुलना गर्ने, नेपालीइतर मातृभाषी विद्यार्थीको नेपाली भाषा सिकाई उपलब्धिलाई असर पार्ने कारक पत्ता लगाउने उद्देश्यका लागि गरिएको अध्ययनले नेपाली मातृभाषी र नेपालीइतर मातृभाषी विद्यार्थीहरुको नेपाली भाषा सिकाइमा क्रमशः नेपाली भाषा सिकाइमा उच्च र निम्न सिकाइ उपलब्धि भएको पाइएको थियो । अनुसन्धानले नेपालीइतर मातृभाषी विद्यार्थीहरुमा वर्ण विभेदीकरण, श्रुतिबोध, मौखिक वस्तु वर्णन, शब्दोचारण, पठन बोध, शब्द भण्डार, वाक्य गठन, लिखित वस्तु चित्र वर्णन, सुनाइ, बोलाइ, पढाई र समग्र नेपाली भाषा सिकाइ असर पार्ने देखिएको छ । अध्ययनले प्राथमिक विद्यालयमा बहुल र मिश्रित क्षेत्रका नेपालीइतर मातृभाषी विद्यार्थीलाई वर्तमान मातृभाषावत् पाठ्यपुस्तकबाट नेपाली भाषा शिक्षण फाइदाजनक नभएको निश्कर्ष छ (आचार्य, २०६९) । यस अध्ययनमा नेपाली मातृभाषीको जुन सिकाइ उपलब्धिमा उच्च देखिएको छ, त्यसले पनि के पुष्टि गर्दछ भने मातृभाषा सिकाइ उपलब्धिका लागि प्रभावकारी र उपयोगी देखियो । त्यसैगरी नाइजेरिया गरेको अध्ययनले मातृभाषामा पढाउँदा नतिजामा पर्ने प्रभावको बारेमा अध्ययन गरेको थियो । जसमा ओरिबावोर र एडिसिना (२०१३ ईस्वी) ले नर्सरी स्कुलमा पढ्ने विद्यार्थीहरुमा मातृभाषामा पढाउँदा शैक्षिक उपलब्धि कस्तो रहयो भनेर मातृभाषाी र अङ्ग्रेजी भाषी गरी दुई समुहमा सामाजिक अध्ययन र अङ्ग्रेजी विषयमा गरेको अध्ययनमा मातृभाषामा पढ्ने गरेका विद्यार्थीहरुको सिकाइ प्रदर्शन अङ्ग्रेजी भाषामा पढ्ने विद्यार्थीको तुलनामा राम्रो पाइएको छ । त्यस्तै पढ्न सक्ने बोध गराउने सिकाइ उपलब्धि र शैक्षिक उपलब्धि बढाउनको लागि मातृभाषा र सिक्ने वातावरण महत्वपूर्ण कारक हुने कुरा उल्लेख गरेको छ (बुसुरात ओलुवाकेमी अडेकोला, ओलुसुन फताई लवल र ओलाने्रवाजु ए इब्राहिम, २०१८ ईस्वी) ।
विद्यालयमा मातृभाषाको प्रयोगले कसरी प्रभावकारी रुपमा अङ्ग्रजी विषय शिक्षण गर्न सकिन्छ भन्ने कुराको अध्ययन भएको छ । जुन अध्ययन काठमाण्डौंमा कक्षा ९ मा अध्ययन गर्ने बालबालिकामा गरेको थियो । अङ्ग्रेजी शिक्षणमा नेपाली मातृभाषी र नेवारी मातृभाषाको प्रयोगले विद्यार्थीको इच्छाहरुको सम्बोधन, कक्षाकोठा रमाइलो, विद्यार्थीहरुमा परामर्श र विद्यार्थीहरुको ध्यान केन्द्रित गर्न मद्दत गरी शिक्षण प्रभावकारी भएको पाइएको थियो (उमानाथ शर्मा, २०२३ ईस्वी) । त्यस्तै अध्येता पुराण गुरुङ्गका अनुसार मातृभाषामा शिक्षण गर्दा विद्यार्थीहरुमा पर्ने सकारात्मक प्रभावको बारे उहाँले निम्न बुँदा औंल्याउनुभएको छ ।
१. संज्ञानात्मक विकास २. प्रभावकारी सञ्चार ३. सांस्कृतिक पहिचान
४. प्रारम्भिक साक्षरता ५. भावनात्मक सम्बन्ध ६.अभिभावकको संलग्नता
७. विस्तारित बुझाइ ८. आत्मविश्वास निर्माण ९. विद्यालय छाड्ने दरमा कमी
१०. संज्ञानात्मक भारः ११. भाषाको संरक्षण १२. दोस्रो भाषामा सिकाइमा सहज
१३. समावेशी शिक्षा १४. अनुकूलित पाठ्यक्रमः १५. भाषिक आत्मविश्वास
१६. सांस्कृतिक ज्ञान १७. सामुदायको संलग्नता १८. उच्च शैक्षिक उपलब्धि
१९. विविधताको सम्मान २०. दीर्घकालीन सफलता
स्थानीय सरकार, मातृभाषा र विकास
नेपालमा भएको १२४ वटा मातृभाषी मध्ये विश्वविद्यालयमा नेपाली, हिन्दी, मैथली, नोपल भाषा (नेवारी), संस्कृत बाहेक अरु भाषाको अध्यापन हुन सकेको छैन । नेपाली भाषा आफैमा सरकारीकामकाजको भाषा भएको हँुदा यो विगत देखिको प्रयोगबाट परिस्कृत हुँदौ आएको छ । विश्वविद्यालयमा अध्यापन हुने भाषाबाहेक अरु भाषाभाषी विशेष त अािदवासीजनजातिका भाषाहरु विश्वविद्यालयमा पठनपाठन हुने कुरा त के अझैपनि लेख्य रुपमा त्यति विकास भएको छैन । जसले गर्दा ती भाषाहरु बोल्ने संख्यामा निरन्तर ओरालो लागेको छ भने कतिपय भाषा लोपोन्मुख र संकटापन अवस्थामा पुगेको छ । मातृभाषामा पढ्नु, पढाउनु जस्ता विषय संस्कृति संरक्षण, भाषा संरक्षण मात्र नभएर त्यो मानव समुदायको संरक्षण पनि हो । कुनै पनि मातृभाषामा त्यस ससुदायको पहिचान, इतिहास, भूगोल र स्थाननाम, सभ्यता, मुल्य, मान्यता, बुझाई, कला, शिक्षा प्रणाली, सामाजिकीकरण, परामर्शकला, ज्ञान, विज्ञान, उपचार पद्धति, साहित्य आदि निहित हुन्छ । जुन त्यस समुदायको निधिको रुपमा रहेको हुन्छ । त्यसैले मातृभाषामा प्रारम्भिक तह देखि विश्वविद्यालय तहसम्म अध्ययन अध्यापन हुनु भनेको त्यस समुदायको मातृभाषासँगै संस्कार, संस्कृतिको पनि संरक्षण र प्रबद्र्धन हुनु हो । संसारमा हालसम्म हामीले भन्ने गरेका बैज्ञानिक अविष्कार जति पनि भएका छन् ती सबै त्यहीका परिवेश, सान्दर्भिकतामा भएका हुन, त्यहीका समाजिक पद्धति र विभिन्न समुदायबीचमा भएका अन्तरक्रियाबाट नै अहिले विकास सम्भव भएको हो । त्यसैले गर्दा नेपालमा भएका मातृभाषामा विद्यालय तह देखि विश्वविद्यालय तहसम्म अध्ययन अध्यापन हुने हो भने सम्बन्धित समुदायको मातृभाषा, संस्कृतिको संरक्षण र पहिचान कायम मात्र हुने नभइ ससुदायको इतिहास, भूगोल र स्थाननाम, सभ्यता, मुल्य, मान्यता, बुझाई, शिक्षा प्रणाली, सामाजिकीकरण, परामर्शकला, ज्ञान, विज्ञान, उपचार पद्धति, साहित्य लगायत समग्रतामा विकास हुनेछ जसले अन्ततगोत्वा नेपाली भाषा, कला, संस्कृति, गीत, संगीत, नेपाली शब्दकोषमा समुन्नत हुनेछ । जसलाई केही उदाहरणबाट पनि हेर्न सक्छौ ।
चलचित्र, कथा, कवितामा आएको कथ्य शैलीमा आएको परिवर्तन
साहित्यमा आएको विषयवस्तु र आलोचनात्मक शैली, विभिन्न समुदायमा भए गरेका विम्बहरुको प्रयोग ।
नेपाली लोक संस्कृति गीतसंगीतमा सुदुरपश्चिममा रहेका गीतसंगीत र गायनशैलीले गीतसंगीत पारखीमा ल्याएको स्वाद ।
संगीतमा रैथाने तथा आदिवासीजनजातिका बाजाहरुको प्रयोग ।
नेपाली चलचित्र प्रतिक्षाको दुई चुल्ठी बाटेर ……….. भन्ने गीतमा रहेको ‘छमे तैमो रो’ (हुर्किएछौ –तरुनी भइछौ)
प्रकाश दुतराजको ‘देउरालीमा धजा रिमै……….. ‘रिमै’ (चेलीहरु)
तृष्णा गुरुङ्गको खनी यामो ए कान्छा ………..(कहाँ जान्छौ ए कान्छा)
शिक्षामा विभिन्न जातिजातिहरुको शब्द, संस्कृतिको अध्ययन
सिकाइ उपलब्धिमा मातृभाषा प्रयोगमा जोड ।
लैङ्गिीक समानता, जलवायु परिवर्तन, जैविक विवधता, प्राकृतिक स्रोत संरक्षण र विपद् व्यवस्थापनमा स्थानीय तथा आदिवासी ज्ञानको प्रयोग र वैधानिकता
विभिन्न उपचार विधि
माथि उल्लेखित भएका त केही प्रतिनिधि उदाहरणहरु मात्र हुन । यस बाहेक मातृभाषीहरुबीच हुने अन्तरक्रियात्मक सम्बन्धबाट संस्कृतिको अनुकुलन (Adaptation), प्रसार (Diffusion) को माध्यमबाट एक आपसमा रहेका केही अतिवादी सोचहरु परिवर्तनमा अवश्य भूमिका हुनेछ ।
नेपाल एक लोकतान्त्रिक गणतन्त्र मुलुकमा नेपालको संविधान, २०७२ बमोजिम तीन तह (संघीय, प्रदेश र स्थानीय) सरकार रहेको छ र समुदायका सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । भाषा, संस्कृतिहरुको संरक्षणमा सम्बन्धित समुदायको जिम्मेवारी र योगदान रहेता पनि संस्थागत रुपमा संरक्षरणको कार्य सरकारले दिगो रुपमा गर्न सक्छ भन्ने नै हो । नेपाल सरकारले शिक्षा र शिक्षामा मातृभाषाको प्रयोग र माध्यमका विषयमा व्यवस्था भएका ऐन, कानुन, नीति (जुन माथि नै उल्लेख गरिएका छन्) मा रही र भाषा आयोगसँगको समन्वय र सहकार्यमा मातृभाषाको स्कुल सञ्चालन, अनुगमन, मूल्याङ्कन गरी विद्यालयमा मातृभाषाको प्रयोग र माध्यम बढाउन सक्दछ भने विद्यालयमा भर्नाभएका सम्मूर्ण विद्यार्थीहरुको विशिष्टीकृत खण्डीकृत रुपमा तथ्याङ्क राखी समय समयमा सिकाइ उपलब्धिमा अध्ययन अनुसन्धान गरी आफ्नो स्थानीय तह भित्रका विद्यालयहरुको शैक्षिक उपलब्धिमा तत्विक सुधार गर्न सक्छ । यस कार्यका लागि भने स्थानीय सरककारले उचित बजेट व्यवस्थापन, शिक्षकहरुको क्षमता अभिवृद्धि, तालिम र पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । स्थानीय सरकारको यो किसिमको कार्यले विभिन्न मातृभाषा विश्वविद्यालयसम्म अध्ययन अध्यापन गराउनको लागि एक कोशेढुङ्गा साबित हुनेछ ।
ज्ञासजे । धन्यवाद ।
२५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित “मातृभाषा संरक्षणमा स्थानीय सरकारको भूमिका र देवदह मदर टङ्गस एकेडेमीको योगदान” विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र । आयोजक÷स्थानः देवदह मदर टङ्गस एकेडेमी, मितिः२०८१ फाल्गुण ०९ गते शुक्रबार । https://dmta.edu.np/