देवदह नगरपालिका लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्व र बुटवल चौराहबाट २० किलोमिटर पश्चिममा अवस्थित देवदह नगरपालिका बौद्धकालीन प्राचीन कोलीय गणराज्य देवदहबाट नामकरण भएको हो । यस ठाउँ प्राचीन बुद्धको मावलीस्थलको रुपमा पनि प्रशिद्ध रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस देवदह नगरपालिकाको कुल जनसंख्या ७२४५७ (बहत्तर हजार चार सय सन्ताउन्न) रहेको छ । जसमा मगर, ब्राह्मण (पहाडी), थारु, क्षेत्री, विश्वकर्मा, गुरुङ, परियार, केवट, नेवाः(नेवार) र चमार÷हरिजन÷राम को जनसंख्या क्रमशः अधिक रहेको देखिन्छ । यस नगरपालिका भित्र कुल २० वटा मातृभाषाहरु बोल्ने समुदाय रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये प्रमुख दश वटा मातृभाषाहरुको संख्या यस प्रकार रहेको छ ।
मातृभाषा | कुल संख्या | मातृभाषा | कुल संख्या |
नेपाली | ४२८२३ | नेपाल भाषा (नेवारी) | ६६६ |
भोजपुरी | १०१५९ | तामाङ्ग | २४८ |
मगर ढुट | १००६४ | कुमाल | ७६ |
थारु | ६१०४ | मैथली | ६९ |
गुरुङ | १९६५ | मगर खाम | ६२ |
स्रोतः राष्ट्रिय जनगणना २०७८ः जातजाति, भाषा, धर्म सम्बन्धी विवरण
देवदह मदर टङ्गस एकेडेमीले पठनपाठनबाहेक मातृभाषाका शिक्षक, प्रशिक्षक पनि उत्पादन गर्दै आएको छ । यही संस्थामा सिक्किम सरकारको सहयोगबाट तमू शिक्षकशिक्षिका आएर तमू(गुरुङ) मातृभाषा, खेमालिपिको प्रशिक्षण लिई सिक्किममा तमू खेमालिपि र मातृभाषाको पठनपाठन हँुदै आएको छ । हाल सिक्किम सरकारले यसलाई कक्षा १२ सम्म अध्यापन गर्न गइरहेको छ । यस बाहेक वि.स.२०५५, २०५७ र २०७३ सालमा ३० जना सिक्किमबाट शिक्षकशिक्षिकाहरुले तमू खेमालिपि, मातृभाषाको प्रशिक्षण लिइसक्नुभएको छ ।
देवदह मदर टङ्गस एकेडेमी देवदह नगरपालिकाको एक मात्र मातृभाषाहरु अध्ययन गराउने निजि स्तरबाट स्थापित तथा सञ्चालित अग्रणी शैक्षिक संस्था हो । हाल यो संस्था रुपन्देही जिल्ला, देवदह नगरपालिका वार्ड नं. ५, मितेरी गाउँमा अवस्थित छ । वि.स. २०५३ सालमा स्थानीय मातृभाषाप्रेमी, बुद्धिजीविहरुको अग्रसरतामा गुरुङ, मगर, थारु र संस्कृत भाषाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका लागि एक शैक्षिक संस्था आवश्यकता महसुश गरी पठनपाठन आरम्भ गरी वि.स. २०५५ सालमा औपचारिक दर्ता भइ अविछिन्न पठनपाठन हुँदै आएको छ । हाल संस्थाले स्थापनाको २६ औं वर्षमा यात्रारत छ । विद्यालयको स्थापनासँगै हालसम्म निरन्तर ऐच्छिक विषयको रुपमा गुरुङ र मगर भाषा तथा लिपि पठनपाठनसँगै अन्य शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन हुँदै आएको छ तर आरम्भमा भएको केही प्राविधिक कारणले गर्दा हालसम्म थारु र संस्कृत भाषाको अध्यापन हुन सकेको छैन । यद्यपि, मातृभाषाहरुको अध्यापन सम्भावना रहेकाहरुको पठनपाठन गर्ने उद्देश्य राखेको छ र निरन्तर सरोकारवाला र स्थानीय सरकारसँग सम्वाद जारी नै रहेको छ (दर्पण–रजत जयन्ती २०८० स्मारिका) । तमू (गुरुङ) समुदायको साझा संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद (तत्कालीन तमू छोंज धीं), केन्द्रिय समितिले मिति २०६१ षौष ३ गते कान्तिपुर राष्ट्रिय दैनिक मार्पmत एक सूचना जारी गरी नेपाल अधिराज्य भर गुरुङ (तमु) भाषा पठन पाठन गर्ने पहिलो विद्यालयको दावि विरोधको लागि ३५ दिने सूचना जारी गरिएकोमा म्याद भित्र देवदह मदर टङ्गस एकेडेमी बाहेक कसैको पनि दावि विरोध नभएकोले गुरुङ्ग (तमु) भाषा पठन पाठन गर्ने पहिलो विद्यालय देवदह मदर टङ्गस एकेडेमी हो भनी तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद (तत्कालीन तमू छोंज धीं)ं को २०६२ साल जेष्ठ १ गतेको विज्ञप्तिमा जनाइएको छ ।
आज फेब्रुअरी २१ गते २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउदै गर्दा यस संस्थाले स्थापनाको भने २६औं बर्ष पूरा गरेको छ ।

प्रारम्भमा यस विद्यालयले गुूरुङ र मगर मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तकहरु आपैmले तयार पारी पठनपाठन गरेको थियो भने २०५९ सालमा नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले कक्षा १ देखि कक्षा ५ सम्म विभिन्न मातृभाषाको पाठ्यपुस्तक तयार गरेपछि भने २०६० सालबाट पाठ्यक्रम विकास केन्द्रबाट तयार पारेको पाठ्यपुस्तकबाट नै अध्यापन हुँदै आएको छ । त्यस अलवा विभिन्न व्यक्तिबाट लेखिएका पुस्तक, शब्दकोष, लेखहरु सन्दर्भसामग्रीको रुपमा पुस्तकालयमा सङ्ग्रहित छ । त्यसैगरी सोही विद्यालयमा अध्यापनरत शिक्षकशिक्षिकाद्वारा, प्रधानाध्यपक राम गुरुङ, प्रबन्ध निर्देशक भिम प्रसाद गुरुङबाट पनि सम्दर्भसामग्री पुस्तकहरु प्रकाशित छन्, जुन मातृभाषामा पठनपाठन गर्नमा सहयोगीसिद्ध भएको छ ।
देवदह मदर टङ्गस एकेडेमीले पठनपाठनबाहेक मातृभाषाका शिक्षक, प्रशिक्षक पनि उत्पादन गर्दै आएको छ । यही संस्थामा सिक्किम सरकारको सहयोगबाट तमू शिक्षकशिक्षिका आएर तमू(गुरुङ) मातृभाषा, खेमालिपिको प्रशिक्षण लिई सिक्किममा तमू खेमालिपि र मातृभाषाको पठनपाठन हँुदै आएको छ । हाल सिक्किम सरकारले यसलाई कक्षा १२ सम्म अध्यापन गर्न गइरहेको छ । यस बाहेक वि.स.२०५५, २०५७ र २०७३ सालमा ३० जना सिक्किमबाट शिक्षकशिक्षिकाहरुले तमू खेमालिपि, मातृभाषाको प्रशिक्षण लिइसक्नुभएको छ । मातृभाषा बोलाइमा शुद्धता र निखारता ल्याउन प्रबन्ध निर्देशक भिम प्रसाद गुरुङले विद्यालयमा प्रशिक्षणबाहेक तमू बस्तीहरुमा तीन महिनाको बसाईसहित सिकाइने कार्य गर्दै आउनुभएको छ, जसको व्यवस्थापन देवदह मदर टङ्गस एकेडेमी र स्वयं प्रबन्ध निर्देशकबाट हुँदै आएको छ । यी बाहेक विभिन्न समाज, संघ संस्थाले गर्ने लिपि र मातृभाषा प्रशिक्षण कार्यमा प्रबन्ध निर्देशक लयायत मातृभाषाका शिक्षकशिक्षिकाबाट सम्बन्धित भाषाको प्रशिक्षणमा आवश्यकताका आधारमा प्रशिक्षण गर्दै आउनुभएको छ । यी मातृभाषाको अध्यापन तथा प्रशिक्षण बाहेक यस विद्यालयले समाबेशी सञ्चार नीतिलाई पनि प्रोत्साहन गर्दै आएको छ । स्थानीय सञ्चार माध्यम रेडियोमा मातृभाषाको कार्यक्रम सञ्चालनमा प्रस्तोताहरुलाई प्रोत्साहन तथा मातृभाषाका कार्यक्रमका भाषिक कुरामा सुधार तथा त्यही कार्यरत मातृभाषाका शिक्षकशिक्षिकालाई कार्यक्रम प्रस्तोता बन्न उत्प्रेरित मात्र नगर्ने भएर समयको पनि व्यवस्थापन देवदह मदर टङ्गस एकेडेमीले गरेर उक्त मातृभाषाको कार्यक्रम आजसम्म निरन्तर नै रहोको छ ।
यस संस्थामा मातृभाषा अध्यापन गर्ने, प्रशिक्षण दिने, मातृभाषालाई सञ्चार क्षेत्रमा प्रोत्साहन गर्ने मात्र नभएर यो एउटा मातृभाषाको लागि श्रोत संस्था वा व्यक्ति (Resource Institution or Person) तथा मातृभाषाको बारेमा अनुसन्धान गर्ने जो कोही व्यक्ति तथा संस्थाको लागि अनुसन्धान हब (Research Hub) बन्दै गएको छ । अहिले पनि देवदह नगरपालिकाले बनाएको “स्थानीय पाठ्यपुस्तक लेखन तथा परिमार्जन उपसमिति” मा यसै संस्थाका प्रधानध्यापक राम गुरुङ पनि हुनुहुन्छ । उहाँलाई स्थानीयन पाठ्यपुस्तक लेखन तथा परिमार्जन गर्ने कार्यसँगै गुरुङ मातृभाषाको पाठ्यपुस्तकको लेखन कार्यको पनि जिम्मेवारी रहेको छ । यसैगरी देवदह मदर टङ्गस एकेडेमीलाई नै आफ्नो अनुसन्धानको क्षेत्र बनाई पोखराका एक शिक्षकले “आधारभूत तहमा मगर मातृभाषी विद्यार्थीको नेपाली सिकाइ” भन्ने विषयमा विद्यावारिधि (Doctor of Philosophy) गर्दैहुनुहन्छ । साथै मातृभाषालाई माया गर्नुहुने जोकोही सिक्ने थलोको रुपमा विकास हुँदै गएको छ ।
अन्त्यमा, देवदह मदर टङ्गस एकेडेमीले आफ्नो स्थापना समय देखि निरन्तर गुरुङ र मगर मातृभाषाको अध्यापन गर्दै आएको छ, जुन नेपाल सरकारको लागि साहरनीय कार्य हो । जुन नेपाल सरकारले गर्नुपर्ने कार्य एक निजी विद्यालयले गर्दै आएको छ, SLC/SEE मा पनि विद्यार्थीको नतिजा उत्कृष्ट दिदै आइरहेको छ । तर विडम्बना, हालसम्म कुनै निकायबाट सहयोग पाएको छैन । आज फेब्रुअरी २१ गते २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउदै गर्दा यस संस्थाले स्थापनाको भने २६औं बर्ष पूरा गरेको छ । यसपालिको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको नारा “ दिर्घकालीन विकासका लागि भाषाहरुलाई महत्व दिऔं (Make languages Count for Sustainable Development)” भएकोले मातृभाषालाई केवल संस्कृति संरक्षणसँग मात्र नहेरी मातृभाषा दिगो विकासको संवाहक बनाउने प्रण गरौं । यसको लागि हामीले आ–आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग गरौं । मातृभाषा संरक्षाणमा देवदह मदर टङ्गस एकेडेमीले खेलेको भूमिकालाई कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
ज्ञासजे । धन्यवाद ।
बिष्णु गुरुङ्ग, सुनवल–४, नवलपरासी (बसुप)
२५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित “मातृभाषा संरक्षणमा स्थानीय सरकारको भूमिका र देवदह मदर टङ्गस एकेडेमीको योगदान” विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र । आयोजक÷स्थानः देवदह मदर टङ्गस एकेडेमी, मितिः२०८१ फाल्गुण ०९ गते शुक्रबार ।